Incident Reports

सप्तरीमा एक जना मृत फेला, हत्याको आशङ्का | Janakpur Today

2021-08-03

Madhes, Saptari, Khadak, Ward 3

सप्तरीमा दलित युवकको रहस्यमय अवस्थामा शव भेटिएको छ । सप्तरीको खडक नगरपालिका –३ गरुराहा टोलमा आज बिहान स्थानीय मुक्ति रामका २५ वर्षीय छोरा श्यामसुन्दर राम मृत अवस्थामा भेटिएका हुन् ।घरदेखि झण्डै ५० मिटरको दुरीमा नालामा श्यामसुन्दर मृत अवस्थामा भेटिएका प्रहरीले जनाएकाे छ । हिजो साँझ नै घरबाट निस्किनुभएका श्यामसुन्दर रातभरि नआएको र बिहान सडकसँगै रहेको नालामा मृत भेटिएको परिवारजनले बताएका छन् ।

यता श्यामसुन्दरलाई हत्या गरेर नालामा फालिएको परिवारजनले दाबी गरेका छन् । परिवारजनले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीसँग आग्रह गरेका छन् । यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी  एव प्रवक्ता माधवप्रसाद काफ्लेले शव पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे अनुसन्धान थालिएको बताउनुभयो ।

‘प्रारम्भिक अनुसन्धानअनुसार श्यामसुन्दर मदिरा सेवन गरेर नालामा लडेको हुनसक्ने पनि देखियो, तर पनि पोष्टमार्टम रिर्पोट आएपछि त्यही अनुसार अनुसन्धान अघि बढाउँनेछौं’, उहाँले भन्नुभयो ।

मृतक श्यामसुन्दरका पत्नी र साढे दुई वर्षीया छोरी छन् । अहिले मृतकको शव पोष्टमार्टमका लागि राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports