Incident Reports

सरकारको विरोधमा उत्रिए पुष्प व्यवसायी | Ratopati

2021-08-04

Bagmati, Lalitpur, Lalitpur

अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरुले सरकारको चर्को विरोध गर्दै ¥याली निकालेका छन् ।फ्लोरिकल्चर एशोसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै व्यवसायीहरुले सरकारविरुद्ध -यालीसहितको प्रदर्शन गरेका हुन् ।

बुधबार दिउँसो ललितपुरको मानभवनमा विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्दैै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौंलालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

 ज्ञापन पत्रमा अवैध ढंगले करछली गरेर नेपालमा पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्नेहरुमाथि कडा कारवाही गर्न पनि सरकारसँग माग गरिएको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । उनले कोरोनाका कारण थला परेको नेपालको पुष्प व्यवसायलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

स्वदेशी पुष्प व्यवसायको विकास र प्रवद्र्धनका लागि ठोस योजना ल्याउन नसकेको, भारतलगायतका मुलुकबाट आयातित अवैध पुष्प व्यापारलाई नियन्त्रण गर्न सरकारले नसकेकोमा पुष्प व्यवसायीहरुको आक्रोश छ ।पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुन सक्ने अवस्था हुँदाहुँदै पनि सरकारले त्यस खालको वातावरण बनाउने काम नगरेको व्यवसायीहरुको आरोप छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments