Incident Reports

बहुविवाहको आरोपमा गिरफ्तार l

2014-07-23

Bagmati, Sindhupalchok, Sunkoshi

ठोकर्पा गाविस - ९ का ३० वर्षीय इन्द्रबहादुर भण्डारी र सोही ठाउँकी २२ वर्षीया देवकी खत्री भण्डारीलाई बहुविवाहको आरोपमा साउन ७ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितहरूले बहुविवाह गरेको भन्दै साउन ७ गते पीडित २७ वर्षीया निर्मला भण्डारीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको उजुरीका आधारमा आरोपितहरू चौतारा सदरमुकाम आएका बेला गिरफ्तार गरेको प्रहरीले जनाएको छ । आरोपितहरूलाई साउन ८ गते जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानको लागी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलबहादुर बिष्टले बताए । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis