Incident Reports

एमसीसी विरोधको नाउँमा लाग्यो ‘गणतन्त्र मूर्दावाद’को नारा « News24 : Premium News Channel

2021-08-06

काठमाडौँ । अमेरिकी मिल्लेनियम सहयोग परियोजना (एमसीसी) को विरोध गर्ने नाउँमा गणतन्त्र मूर्दावादको नारा लागेको छ ।राष्ट्रवादी नागरिक समाजले एमसीसी सम्झौताको विरोध तथा राजतन्त्र र हिन्दुराष्ट्र कायम गर्न माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन गरेको हो ।

महाराजगन्जस्थित चक्रपथबाट सुरु भएको विरोध –याली पूर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवाससम्म पुगेर नाराबाजी गरेको हो । विदेशी षड्यन्त्रपूर्ण हस्तक्षेप र नेताहरूको राष्ट्रघाती चलखेलबाट जनतालाई उद्धार गरेर देशको जिम्मेवारी सम्हाल्न भन्दै उक्त समाजले निर्मल निवासमा विन्तीपत्र समेत बुझाएको छ ।सो क्रममा प्रदर्शनकारीहरुले भ्रष्ट नेता सत्ता छोड, गणतन्त्र मूर्दावाद, राजतन्त्र जिन्दवाद, एमसीसी खारेज गर, विदेशी हस्तक्षेप मूर्दावाद, गाणतन्त्र बाईबाई– राजतन्त्र हाईहाई, दलीय शासन मूर्दावाद— जनताको शासन जिन्दावाद लगायत नारा लगाएका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments