Incident Reports

बलात्कार प्रयासका आरोपित थुनामा l

2014-07-24

Madhes, Saptari, Saptakoshi

३० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ओद्राहा गाविस-७ का ४० वर्षीय गणेशी साहलाई अदालतले साउन ८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला न्यायाधीश तेजनारायण पौडेलको आदेशले आरोपितलाई राजविराज कारागारमा थुनामा पठाइएको अदालतले जनाएको छ । पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरले आरोपितविरुद्ध असार १३ गते जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरी सोही दिन पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। पीडितका पति मजदुरीका लागि बाहिर गएको बेला खैनी खाने बहाना बनाउँदै घर पसेका आरोपितले असार ११ गते पीडितलाई बलात्कारको प्रयास गरेका थिए । पीडितले हो-हल्ला गरेपछि घटनास्थलमा जुटेका गाउँलेहरूले आरोपितलाई नियन्त्रणमा लिई कुटपिट गर्न थालेपछि आरोपित फरार भएको स्थानीयवासीले बताएका थिए । प्रहरीले आरोपितलाई असार १४ गते गिरफ्तार गरेको थियो । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis