Incident Reports

भूमि आयोग पुन:स्थापनाको माग गर्दै कोटेश्‍वरमा प्रदर्शन

2021-08-08

Bagmati, Kathmandu, Kathmandu, Ward 32

२४ साउन, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा आइतबार काठमाडौंको कोटेश्‍वरमा प्रदर्शन गरिएको छ ।नेकपा एमालेकी नेतृ शान्ता चौधरीको नेतृत्वमा नेपाल भूमिहीन सुकुम्बासी संगठनले आयोग पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उनीहरुले ‘सम्पूर्ण भूमिहीन सुकुम्बासी, अव्‍यवस्थित बसोबासी एक हौ, भूमिसम्बन्धी समस्या समाधान आयोग पुन: स्थापना गर’ भन्‍दै नाराबाजी गरेका छन् ।नेपाल भूमिहीन सुकुम्बासी संगठनकी अध्‍यक्ष शान्ता चौधरीले सरकारले भूमि आयोग पुन:स्थापना नगरे थप आन्दोलनलाई सशक्त पार्ने चेतावनी दिइन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो । तर नयाँ सरकारले १९ साउनमा देवि ज्ञवाली नेतृत्वको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Secondary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments