Incident Reports

गोरखामा छोरी बलात्कारको आरोपमा दुई पक्राउ- गण्डकी - कान्तिपुर समाचार

2020-10-08

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका ३७ वर्षीय बाबु र ३२ वर्षीय काकालाई साउन २२ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपित बुबाले विगत दुई वर्षदेखि पटकपटक बलात्कार गरेको र काकाले ०७७ कात्तिकमा फकाइफुलाई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितहरुविरुद्ध साउन २२ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताउनुभयो ।

पीडितको स्वास्थ्यमा वैशाख महिनाबाट समस्या देखिएपछि उपचारको क्रममा घटना बहिर आएको र आरोपितहरुलाई गिरफ्तार गरी उनीहरुविरुद्ध साउन २४ गते जिल्ला अदालत गोरखाबाट जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

..

पीडितको स्वास्थ्य परीक्षण साउन २२ गते गोरखा अस्पतालमा भएको थियो ।पीडित बालिका गत वैशाखमा बिरामी परेपछि स्थानीय अस्पतालमा उपचार गराइएको थियो । तर निको नभएपछि असार २७ गते काठमाडौं थापाथलीस्थित प्रसूति गृह पुर्‍याइएको थियो । उपचारको क्रममा बालिकाको पाठेघरमा समस्या देखिएपछि पीडितको फुपूले बालिकालाई फकाइफुलाई सोद्ध्दा बाबु र काकाबाट बलात्कृत भएको बताएकी थिइन् । पीडितको फुपूमार्फत नै साउन २२ गते प्रहरीमा उजुरी दर्ता भएको डिएसपी दाहालले बताए । उनका अनुसार पीडित बालिकाको आमाले दुई वर्षअघि दोस्रो विवाह गरिसकेकी थिइन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments