Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-08-03

Karnali, Kalikot, Naraharinath

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नरहरीनाथ गाउँपालिका–५ का ३०  वर्षीय कमल बटालालाई प्रहरीले साउन २४ गते गिरफ्तार गरेको छ ।पीडितले आरोपित बटालाविरूद्ध साउन २२ गते इलाका प्रहरी कार्यालय कुमालगाउँ र २३ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा निवेदन दिएपछि  आरोपित गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेशविक्रम शाहीले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी गराउनु भयोे ।

स्वास्थ्य चौकी माल्कोटमा कार्यरत आरोपित बटालाले साउन १९ गते राति यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ  ।पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २४ गते जिल्ला स्वास्थ्य कार्यालयमा गरिएको कार्यालयका निमित्त प्रमुख डाक्टर रत्नविर सुनारले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments