Incident Reports

किशोरी हत्या आशङ्कामा तीन पक्राउ « News24 : Premium News Channel

2021-08-03

Province 1, Udayapur, Triyuga

उदयपुर । त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ । यही साउन १३ गतेदेखि बेपत्ता भएकी कृशलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।कृशलाको हत्या रहस्यमय रहेको र अनुसन्धान निकै जटिल भएका कारण अहिले प्रहरीले विभिन्न कोणबाट कडाइका साथ अनुसन्धान सुरु गरेको छ । कृशला हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।कृशलाका बुबा प्रेम चौधरीका अनुसार छोरी १३ गते जङ्गलमा घाँसदाउरा गर्न गएकी र सोही समयदेखि अचानक हराएकी थिइन् । खोजी गर्ने क्रममा साउन १९ गते स्थानीय राजदेवी सामुदायिक वनमा उनको बिभत्स अवस्थामा शव फेला परेको हो । जङ्गलमा घाँसदाउरा गर्न गएका बेला केही समूहले जबर्जस्ती करणी गरेर उनको विभत्स ढङ्गले हत्या गरेको हुनसक्ने मोहनपुरका स्थानीयवासी खगेन्द्र कटुवाल बताउनुहुन्छ ।

प्रहरीका अनुसार कृशलाको शवको यौनाङ्ग क्षतविक्षत भएर डढेको, शरीरका धेरै भाग डढेर कालो भएको, दाँत भाँच्चिएको चिन्न नसक्ने अवस्थामा भेटिएको थियो । हत्याका विषयमा अहिले प्रहरीले गम्भीर ढङ्गबाट अनुसन्धान सुरु गरेका कारण केही समयभित्रै सत्यतथ्य बाहिर ल्याउन लागेको उदयपुर प्रहरीले बताएको छ ।अहिलेसम्म अनुसन्धानका क्रममा तीन जनालाई पक्राउ गरिएको र आवश्यकतानुसार अन्य सबैको अनुसन्धान हुँदै जाने पनि प्रहरीले बताएको छ । कृशलाको हत्या विषयमा तथ्य कुरा र हत्यारा पत्ता लगाउन शव र शरीरका अन्य भागको समेत फोरेन्सिक परीक्षणका लागि स्वास्थ्य प्रयोगशाला पठाइएको प्रहरीले बताएको छ ।हत्यामा संलग्न अरु चाँडै पक्राउ पर्ने र केही व्यक्तिलाई अनुसन्धान दायरामा ल्याइएका कारण हत्यारालाई पत्ता लगाएर कारवाही गरिछाड्ने उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले प्रतिबद्धता गर्नुभएको छ ।

.....update

उदयपुरकी १६ वर्षीया किशोरीको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले त्रियुगा नगरपालिका वडा नम्बर ६ मोहनपुरकी कृशला चौधरीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर १ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदालाई पक्राउ गरेको गौतमले बताए। उनीहरूको घटनामा संलग्नता देखिएको भन्दै प्रहरीले सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

कृशला गत साउन १३ गते बेपत्ता भएकी थिइन्। उनी जंगलमा घाँस-दाउरा लिन गएकी थिइन्। तर उनी त्यसदिनदेखि घर फर्किनन्। उनी घर नफर्किए पनि बुबाले सोधिखोजी भने गरेनन्।पाँच दिनपछि साउन १९ गते मोहनपुरको राजदेवी सामुदायिक वन रातमाटे खहरे खोलामा कृशलाको शव फेला पर्‍यो।प्रहरी उपरीक्षक सुवास बोहराका अनुसार कृशलाको चिन्नै नसकिने अवस्थामा फेला परेको थियो।शवको अवस्थाका कारण उनीमाथि बलात्कार भए/नभएको खुल्न नसकेको बोहराले बताए।सनाखत नभएपछि प्रहरीले आफ्नो मातहतका कार्यालयमा खबर पुर्‍याएर कोही हराएको भएमासम्पर्कमा आउन भन्दै जानकारी गरायो।त्यसपछि उनको शव जिल्ला अस्पताल उदयपुरमा लगियो। त्यसको भोलिपल्ट मात्रै मृतकका बुवा प्रेमकुमार चौधरी प्रहरीको सम्पर्कमा आए। उनले अस्पताल पुगेर आफ्नी कान्छी छोरी हो भन्दै सनाखत गरे।

बुबा चौधरीले त्यसदिन मात्रै आफ्नी छोरी हराइरहेको भन्ने प्रहरीलाई खबर गरेका थिए।'उनकी छोरी पहिले पनि तीन-चार दिन बाहिर जाने-आउने गर्ने रहेछ। त्यसैले प्रहरीलाई खबर नगरेको भनेका छन्,' प्रहरी स्रोतले भन्यो।शव चिन्ने अवस्थामै नभएपछि बुवाले पनि आफ्नी छोरी नै हुन् भन्ने कपडाहरूबाट सनाखत गरेका थिए।त्यसपछि बुवाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक गौतमले बताए। साथै शवको पोष्टमार्टम गर्न बिपी कोइराला प्रतिष्ठान धरान पठाएको थियो।अनुसन्धानकै क्रममा करिब एक सय जनासँग सोधपुछ गरेको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालबाटै पनि मानिसहरूको खोजी गरियो।

त्यसरी खोजी गर्दै जाँदा शनिबार दुई जनालाई प्रहरीले नियन्त्रणमा लियो। उचितलाल सदा र विषे सदाको घटनामा संलग्नता देखिएपछि नियन्त्रणमा लिएको हो।'विभिन्न प्राविधिक तवरले अनुसन्धान गर्दै जाँदा उनीहरूको संलग्नता छ भन्ने पुष्टि भयो। उनीहरू दुई जना साथी-साथी हुन्। एउटै गाउँमा बस्ने हुन्,' उनले भने।प्रहरीले उनीहरूमध्ये उचितलाल सदालाई मुख्य व्यक्तिको रूपमा खडा गरेको छ। उनकै योजनामा कृशलाको हत्या भएको प्रहरीले बताएको छ।

कृशलाले आफ्नो परिवार बिगारेको हुँदा बदला लिन हत्या गरेको उनले बयान दिएका छन्। प्रहरीका अनुसार कृशला र उचितलालकी दोस्रो श्रीमती साथी हुन्। प्रहरीले उचितलालकी श्रीमतीको पहिचान खुलाएको छैन। पहिलो श्रीमतीले पनि उनलाई पहिल्यै छाडेर गइसकेकी थिइन्।

केही समय अघि उचितलाललाई उनकी अर्की श्रीमतीले पनि छोडेर गएकी थिइन्।

उचितलालकी दोस्रो श्रीमती पनि नाबालक छन्।

साउन १३ गते दिउँसो करिब दुई बजे उनीहरूले कृशलालाई जंगलमा भेटेका थिए। दिनभरि त्यहीँ बसेर उनीहरूले रातिमात्रै हत्या गरेको प्रहरी उपरीक्षक बोहराले बताए।

'एउटाले सलले घाँटी न्याँकेको छ। अर्कोले मुक्का हानेर हत्या गरेका थिए,' उनले भने।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments