Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-08-07

Bagmati, Lalitpur, Konjyosom, Ward 3

अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोन्ज्योसोम गाउँपालिका–३, सिलिङ्गेका ४० वर्षीय चन्द्रलाल थिङलाई प्रहरीले ०७८ साउन २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले घरबाट ललाईफकाई जङ्गलमा लगेर साउन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २४ गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।

आरोपितलाई साउन २५ गते नै ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २४ गते पाटन अस्पताल ललितपुरमा गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका नातिबाबु धिताल २०७८ असार महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments