Incident Reports

नागरिक उड्डयन प्राधिकरणलाई टुक्य्राउने तयारीको विरोधमा कर्मचारी 

2021-08-06

Bagmati, Kathmandu, Kathmandu

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्य्राएर दुईवटा कार्यालय बनाउने तयारी भएपछि प्राधिकरणका कर्मचारी असन्तुष्ट बनेका छन् । उनीहरू ५ दिनदेखि धर्ना तथा आन्दोलनमा लागेका छन्।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्य्राएर नेपाल नागरिक उड्ड्यन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण गरी दुई भागमा विभाजन गर्न लागेको छ । हाल सबै जिम्मेवारी प्राधिकरणअन्तर्गत नै छ । तर, प्राधिकरणलाई दुई भागमा विभाजन गर्ने गरी ल्याइएको विधेयक राष्ट्रिय सभाबाट पास भएर थप छलफलका लागि प्रतिनिधिसभामा पठाइएको छ।

प्राधिकरणलाई हाल रहेकै अवस्थामा राख्नुपर्ने माग राख्दै कर्मचारीहरूले कार्यालय परिसर घेराउसँगै आन्दोलनका कार्यक्रम गर्दै आएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार प्राधिकरणमा कार्यरत एक हजार कर्मचारी प्राधिकरणलाई विभाजन गर्न नदिने पक्षमा छन्।

नयाँ विधेयकमा समेटिएका केही बुदाँहरू कर्मचारीको र प्राधिकरणको हकहितविपरीत भएको भन्दै कर्मचारीले चर्को विरोध गरेका हुन्। प्राधिकरणअन्तर्गतका राजनीतिक संगठनले पनि नयाँ विधेयकको विरोध गरेका छन्। कर्मचारीहरूले आफूहरूको माग पूरा नभएर महानिर्देशकको कार्यालयमा तालाबन्दी र मोसो दल्ने चेतावनी दिएका छन्।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports