Incident Reports

काठमाडौंमा श्रीमतीको हत्या गरी श्रीमान आफैंले गरे प्रहरीलाई फोन :: Setopati

2021-08-11

Bagmati, Kathmandu, Kathmandu, Ward 8

काठमाडौंको गुहेश्वरीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।बुधबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ८ स्थित गुहेश्वरीको एक घरमा हत्या भएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।उदयपुर वेलका नगरपालिका वडा नम्बर ४ माइती भएकी २३ वर्षीया रन्जु तामाङको हत्या भएको हो। उनी गर्भवती थिइन्।

हत्या आरोपमा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३९ वर्षीय राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले गुह्यश्वरीस्थित बागमती प्लान्ट नजिकै फ्ल्याट डेरामा लिएर बसेका थिए।एसएसपी सिंहका अनुसार राम श्रेष्ठले श्रीमतीको घाँटी र मुख थिचेर हत्या गरेका हुन्। श्रीमती ओछ्यानमा मृत भेटिएकी थिइन्। उनको शरीरमा अन्य चोटपटक भने देखिएको छैन।

'उनीहरूबीच बिहान विवाद भएको रहेछ। त्यसैक्रममा श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका हुन्,' एसएसपी सिंहले भने।

घटनाबारे राम श्रेष्ठ आफैंले प्रहरीलाई खबर गरेका थिए। उनले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरी आफूले श्रीमतीको हत्या गरेको जानकारी गराएका थिए।हत्याको खबरपछि महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो।  प्रहरी पुग्दा राम श्रेष्ठ कोठामै चुकुल लगाएर बसिरहेका थिए। प्रहरी पुगेपछि मात्रै उनले कोठाको चुकुल खोलेका थिए।

प्रहरीका अनुसार राम श्रेष्ठ आफैंले पनि छुरीले हात काटेका थिए। उनको काठमाडौंको केएमसी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ। अहिले उनी प्रहरी नियन्त्रणमा छन्।पारिवारिक स्रोतका अनुसार उनीहरूले करिब दुई वर्षअघि भागी विवाह गरेका थिए। पक्राउ परेका राम श्रेष्ठले प्रहरीलाई दिएको बयान अनुसार उनीहरूबीच केही दिन अघिदेखि नै विवाद भएको थियो।

प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा पठाएको छ।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments