2021-07-26
Province 1, Jhapa, Birtamod, Ward 5
‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र विर्तामोड नगरपालिका-३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।
विर्तामोड-५ की नयनसरी राजवंशीको घरमा गएर यही साउन ११ गते उप्रेती र खत्रीले 'हामी सादा पोशाकका प्रहरी हौं, तपाईंको छोरा लागुऔषध खाने बेच्ने गर्छ र डिलर पनि हो, अब छोरालाई जोगाउने हो भने २० हजार रूपैयाँ दिनू, नभए मुद्दा हालिदिन्छौं’, भनेर धम्क्याउनाका साथै राजवंशीको साथमा भएको एक हजार १०० रूपैयाँ लिएर पछि फेरि पैसा लिन आउँछौं भन्दै गएका थिए।
सोही सिलसिलामा यही साउन १४ गते राति नयनसरीको घर पुगेका उनीहरूले उनका छोरा २५ वर्षीय विशाल राजवंशीलाई बाहिर बोलाएर ‘हामी एउटा मिसनमा आएका हौं, किन गाउँका मान्छेलाई हल्ला गरी बोलाएको ?’ भन्दै उप्रेतीले कम्मरको बेल्ट खोलेर विशाललगायत अन्य व्यक्तिलाई समेत कुटपिट गरेका थिए।
पीडित राजवंशीले साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको निवेदनका आधारमा उप्रेती र खत्रीलाई पक्राउ गरिएको प्रनाउ थापाले बताए।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | Other |
Primary Cause | Robbery/burglary/violent theft |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 3 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Injured | 1 |
Youth Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance