Incident Reports

कुटपिट गरी गर्भपतन गराएको घटनाका आरोपितविरुद्ध उजुरी – इन्सेक

2021-07-24

Madhes, Sarlahi, Hariwan, Ward 1

हरिवन नपा–१ माइती घरमा बस्ने २४ वर्षीया गर्भवती रागनी यादवलाई साउन ९ गते सोही ठाउँका ५० वर्षीय नथुनी राय यादव, नथुनीकी ४५ वर्षीया पत्नी राजकली यादव, २६ वषीय छोरा मुकेश यादव, २२ वर्षीय मिथलेश यादव र छोरी बिदिया यादवले कुटपिट गर्दा २ महिना २० दिनको गर्भपतन भएको भन्दै पीडितले साउन २८ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।खेतमा बालीनालीसम्बन्धी विवादमा आरोपितहरूले कुटपिटका कारण उपचार गराउनु भएकी पीडितका अनुसार उपचारकै क्रममा साउन १० गते राति आरोपितहरूले कुटपिट गरेको चोटपटकका कारण गर्भपतन भएको हो ।

जया हेल्थ क्लिनिक नवलपुरमा भर्ना भएकोमा चिकित्सकको सल्लाह अनुसार साउन ११ गते जिल्ला अस्पताल मलङ्गवामा थप उपचार गराइएको पीडित रागनीले बताउनु भयो ।आर्थिक प्रलोभनमा परेर आरोपितलाई प्रहरीले समेत संरक्षण गर्दै आएको पीडित रागनीका भाइ अनोज यादवको आरोप छ ।घटना साउन ९ गतेको भएपनि आरोपितहरूलाई प्रहरीले गिरफ्तार नगरी मिलापत्रको लागि दबाब दिँदै आएको पीडितका भाइ अरोजकुमार यादवको आरोप छ ।दबाबमा परेर दुई पटक पञ्चायतमा बसेको तर आरोपितहरूको आक्रमक रवैया र गल्ती महसुस नगर्ने प्रवृत्तिका कारण मिलापत्र गर्न नसकिएको यादवले बताउनु भयो ।पीडित महिलाले दिएको उजुरी साउन २८ गते दर्ता गरिएको र घटनाको थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर अवधेश यादवले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments