Incident Reports

थाहा खबर: बलात्कार प्रयासको घटना साढे ३ लाख रुपैयाँमा मिलाइयो, नास्ताकै १ लाख

2021-08-12

Sudurpashchim, Kailali, Godawari, Ward 8

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरका छुनुकलाल चौधरीले ११ वर्षीया बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको आरोप लागेको थियो।उक्त घटनालाई अस्थायी प्रहरी चौकी बड्याहा र वडा नम्बर ८ का जनप्रतिनिधिले साढे तीन लाखमा मिलाएका हुन्। वडा नम्बर ८ का वडा सदस्य राजेश चौधरीले छुनुकलाललाई साढे तीन लाख दण्ड गराएर मिलापत्र गरिएको स्वीकार गरेका छन्। 

‘छुनुकलालले राति ३ बजे घरमा पसेर बिजुलीको तार काट्दै बालिकामाथि हातपात गरेका थिए,’ उनले भने, ‘उक्त घटनापछि प्रहरीमा निवेदन दिएका थियौँ। तर छुनुकलाल फरार भएका थिए।’ उनका अनुसार केही दिन फरार रहेका छुनुकलाल दु्ई दिनअघि घर फर्किएपछि साढे तीन लाखमा घटना मिलाइएको हो। ‘प्रहरी चौकीमा गएर साढे तीन लाख तिराउँदै घटना मिलाएका हौँ,’ वडासदस्य चौधरीले भने, ‘डेढ लाख पीडित परिवारलाई दिएका छौँ। छुनुकलालको खोज तलास गर्ने क्रममा एक जनाको मोटरसाइकल दुर्घटना भएपछि मोटरसाइकल मर्मतका लागि एक लाख तिरेका छौँ। बाँकी एक लाख छुनुकलालको खोजी गर्दा गाउँलेले खाएको नास्ताको तिरेका छौँ।’यता स्थानीयले भने बलात्कार प्रयासको घटना साढे तीन लाखमा मिलापत्र गराइएको भन्दै विरोध जनाएका छन्। ‘जबरजस्ती करणी उद्योगमा मुद्दा चल्नुपर्ने थियो। तर जनप्रतिनिधि र प्रहरीले नै घटना मिलाइदिएका छन्,’ एक स्थानीयले भने।अस्थायी प्रहरी पोष्ट बड्याहाका प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीले भने गाउँले नै मिलेर आएपछि मिलापत्र भएको बताए। ‘बलात्कार प्रयास भन्ने उल्लेख थिएन। बालिकामाथि हातपातको कुरा निवेदनमा उठाइएको थियो। गाउँले सबै मिलेर आएपछि मिलापत्र भएको हो,’ उनले भने। यता इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले घटनाबारे बुझ्ने बताए।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरका छुनुकलाल चौधरीले ११ वर्षीया बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको आरोप लागेको थियो।

यता स्थानीयले भने बलात्कार प्रयासको घटना साढे तीन लाखमा मिलापत्र गराइएको भन्दै विरोध जनाएका छन्। ‘जबरजस्ती करणी उद्योगमा मुद्दा चल्नुपर्ने थियो। तर जनप्रतिनिधि र प्रहरीले नै घटना मिलाइदिएका छन्,’ एक स्थानीयले भने।

अस्थायी प्रहरी पोष्ट बड्याहाका प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीले भने गाउँले नै मिलेर आएपछि मिलापत्र भएको बताए। ‘बलात्कार प्रयास भन्ने उल्लेख थिएन। बालिकामाथि हातपातको कुरा निवेदनमा उठाइएको थियो। गाउँले सबै मिलेर आएपछि मिलापत्र भएको हो,’ उनले भने। यता इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले घटनाबारे बुझ्ने बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments