2021-08-17
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भ्रातृ संस्था अनेरास्ववियुले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोधमा प्रर्दशन गरेको छ।मंगलबार मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको अध्यादेशविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षको विद्यार्थी संगठन विरोधमा उत्रेको हो।
अनेरास्ववियुले काठमाडौंको प्रर्दशनीमार्गमा सरकारविरुद्ध नाराबाजी गरेको छ। सरकार परमादेशबाट बनेको भन्दै उनीहरूले नाराबाजी गरेका थिए। उनीहरुले वर्तमान सरकारलाई विदेशी कम्फर्टेबलको आरोप समेत लगाए।अध्यादेशको विरोधमा अनेरास्ववियुले राँके जुलुससहित विरोध गरेको गरेको थियो।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | UML and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |