Incident Reports

सर्लाहीमा मृत भेटिएकी किशोरीको हत्या गरेको पुष्टि

2021-08-15

Madhes, Sarlahi, Lalbandi, Ward 6

२ भदौ, जनकपुरधाम । सर्लाहीको लालबन्दीमा मृत फेला परेकी किशोरीको हत्या भएको खुलेको छ । हत्यामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।३१ साउनदेखि हराइरहेकी लालबन्दी नगरपालिका–१७, रानीगञ्ज निवासी १६ बर्षकी प्रियंका भुजेल मंगलबार मृत अवस्थामा फेला परेकी थिइन् ।उनको शव लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर खोला छेउमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला परेकी प्रियंकाको हत्या गरेको पाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा लालबन्दी नगरपालिका १७ का १८ बर्षीय किसन साह र १९ बर्षीय अनिष दाहाल रहेको प्रहरीले जनाएको छ । दुबै जनाले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारेको डीएसपी बुढाथोकीले जानकारी दिए ।‘प्रियंकाको हत्या गरेर शव गाडेको दुबैले स्वीकार गरेका छन्’ डीएसपी बुढाथोकीले भने, ‘हत्याको कारण खोज्ने प्रयास भइरहेको छ ।’किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने उनले बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped n/a
Female Raped n/a
Youth Raped n/a
National/Online Media

0 Comments