Incident Reports

प्रदर्शनका क्रममा प्रहरीको हस्तक्षेप, एक जना घाइते – इन्सेक

2021-08-19

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 5

सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा भदौ २ गते भएको प्रर्दशनका क्रममा पोखरा महानगरपालिका–५ का २४ वर्षीय शिव पराजुली घाइते भएका छन् ।नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियूको संयुक्त आयोजनमा पोखरास्थित भिमसेन चोकमा गरिएको विरोध र्याली पछिको कोण सभामा प्रहरीले हस्तक्षेप गर्दा अनेरास्ववियू कास्की जिल्ला कार्यालय सदस्य समेत रहेका पराजुली घाइते भएका छन् ।

कोणसभा भइरहेकाे बेला प्रहरीले लाठी प्रहार गर्दा टाउकोमा चोट लागेको पीडितले बताउनुभयो ।घाइतेको टाउकोमा चार ओटा टाँका लगाइ ओम अस्पताल पोखरामा उपचार भएको छ ।अनेरास्ववियू कास्कीका संयोजक विजय पौडेलले शान्तिपूर्ण आन्दोलनपछि कोणसभामा प्रहरीले अचानक हस्तक्षेप गरेको बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Secondary Form Intervention at Protest
Primary Cause Other political issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments