Incident Reports

१४ वर्षीया किशोरी बलात्कार आरोपमा एक जना पक्राउ | Ratopati

2021-08-17

Madhes, Bara, Pacharauta, Ward 7

बारामा किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । पचरौतामा नगरपालिका वडा नम्बर ७ स्थित बेनौली गाउँकी १४ वर्षीया किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका छोपी मंगलबार २५ वर्षिय रुसियन साहले बलात्कार गरेको बारा प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि सिम्रौनगढ स्थित इलाका प्रहरी कार्यालय र पिपरपाती प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

थप अनुसंधानपछि आरोपित साहमाथि जवर्जस्ती करणी मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुवेदीले जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments