Incident Reports

बालिकामाथि बलात्कार गरी फरार आरोपित पक्राउ :: Setopati

2021-06-26

Province 1, Udayapur, Triyuga

बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।उदयपुर त्रियुगा बस्ने १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ६४ वर्षीय पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।गौतमका अनुसार उनले असार १२ गते बालिकामाथि बलात्कार गरेका थिए। उनले सो घटनाबारे मार्ने धम्की दिई फरार भएको आरोप छ।सोही डरले बालिकाले पनि कसैलाई तत्काल जानकारी गराएकी थिइनन्।असार १५ गते बालिकालाई अत्यधिक पीडा भएपछि आमालाई घटनाबारे बताएको प्रहरी नायब उपरीक्षक गौतमले बताए।सो खबर प्रहरीले पाएपछि ती वृद्धको खोजतलास गरी पक्राउ गरेको हो।उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।जिल्ला अदालत उदयपुरले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments