Incident Reports

पारिवारिक झगडामा छिमेकीको हत्या | Nagarik News - Nepal Republic Media

2021-08-20

Province 1, Morang, Miklajung, Ward 6

पारिवारिक झगडा मिलाउन गएका छिमेकीको मोरङको मिक्लाजुङमा हत्या भएको छ।छिमेकी पति–पत्नीबीच भएको झगडा मिलाउन पुगेका मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको मोरङ प्रहरीले जनाएको छ। झगडा मिलाउने क्रममा कुटपिटबाट घाइते भएका लिम्बूको उपचारका क्रममा शनिबार राति पौने १२ बजे विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ–६ मा डेरा गरी बस्ने ३३ वर्षीय रविन तामाङ र उनीकी पत्नी निरुता तामाङबीच भदौ ३ गते राति पौने ९ बजेतिर पारिवारिक झगडा भएको थियो। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पतिपत्नीबीच लामो समयदेखि झगडा हुँदै आएको थियो।

घटना भएको दिन भदौ ३ गते राति पनि उनीहरुबीच झगडा भएको र सोही क्रममा रविनले आफ्ना भाइहरु मिक्लाजुङ–६ का ३० वर्षीय आइतराज एवं २६ वर्षीय सञ्जय तामाङ बोलाइएको रहेछ। नजिकै मासु पसल चलाउँदै आएका निरुताका दाइले बहिनी–ज्वाईंको झगडा भइरहेको थाहा पाए। निरुताका दाइ ४० वर्षीय भाग्य बम्जन (तामाङ)ले पसलमा आउका ५५ वर्षीय दुर्गाबहादुर कार्की र लिम्बूलाईसँगै डेरामा लगेको डिएसपी श्रेष्ठले बताए।

त्यहाँ पुगेर परिवारमा झगडा नगर्न एवं मिलेर बस्नका लागि सम्झाउने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू र कार्कीलाई दाउराले कुटपिट गरे। डिएसपी श्रेष्ठका अनुसार पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै सामूहिक रूपमा आक्रमण गरेपछि कार्की सामान्य घाइते भएका र लिम्बू गम्भीर घाइते भइ उपचारका विराटनगरमा शनिबार राति मृत्यु भएको हो।

निरुताका दाइलाई नियन्त्रणमा लिएर घटनाको जानकारी लिइरहेको र अन्य घटनामा संलग्नलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
National/Online Media

0 Comments

Related Reports