Incident Reports

रुकुम पूर्वमा ४ वर्षीया बालिका मृत फेला | Ratopati

2021-08-23

रुकुम पूर्वमा एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको भूमे गाउँपालिका ३ मोराबाङका अर्जुन कुँवरकी ४ वर्षीया छोरी प्रिया घर नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेकी हुन् ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक मानबहादुर विसीका अनुसार बालिकालाई खोल्सामा मृत अवस्थामा भेटिएको हो ।बालिकाको शव पोष्टमार्टमका लागि रुकुम पूर्व अस्पतालमा ल्याउँदै गरेको प्रहरी निरीक्षक बिसीले बताए । बालिकाको मृत्यु हुनुको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

..update

रुकुम पूर्व : रुकुम पूर्वमा ४ वर्षीया बालिकाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । भूमे गाउँपालिका–३ मोराबाङकी बालिका प्रिया कुँवरको हत्या आरोपमा सोही ठाउँका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।हत्या गरेको आरोपमा ३२ वर्षीय गौतम कुँवर र एक नाबालकलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले जानकारी दिए।दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। अदालतबाट म्याद थपेर उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ४ वर्षीया प्रिया आइतबार राति ८ बजे घर नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेकी थिइन्।डिएसपी श्रेष्ठ सहितको टोली घटनास्थल मोराबाङ पुगेर स्थलगत अनुसन्धान गरिरहेको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments