Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-08-21

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–२ का १९ वर्षीय राजेन्द्र बि.कलाई भदौ ७ गते गिरफ्तार गरेको छ ।धाराबाट पानी भरेर घर आउदै गरेको अवस्थामा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले भदौ ५ गते घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएका थिए ।

पीडित पक्षले दिएको मौखिक जानकारीका आधारमा आरोपितलाई भदौ ७ गते घरबाटै गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर कमलप्रसाद चौधरीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण भदौ ५ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments