Incident Reports

कैलालीको गौरीगंगामा वृद्ध मृत फेला – Online Khabar

2021-08-24

Sudurpashchim, Kailali, Gauriganga

८ भदौ, धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा एक जना मृत फेला परेका छन् । गौरीगंगा नगरपालिका–२ धबैमा मंगलबार बिहान ७२ वर्षीय कर्णबहादुर खत्री मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र गुरुले खत्री घर नजिकैको धानबारीमा मृत अवस्थामा फेला परेको जानकारी दिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली खटिएको छ ।उनको मृत्युको कारण भने खुलेको छैन । अहिले घटनास्थल सिल गरेर अनुसन्धानको काम भइरहेको प्रहरी निरीक्षक गुरुले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people Unclear
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments