Incident Reports

मन्दिर गएकी किशोरीको शव चार दिनपछि मकैबारीमा भेटियो, बलात्कारपछि हत्याको आशंका

2021-08-24

Karnali, Kalikot, Khandachakra, Ward 6

कालिकोटको खाँडाचक्र नगरपालिका– ६ की १६ वर्षीया किशोरीको शव क्षतविक्षत अवस्थामा मकैबारीमा भेटिएको छ। भदौ ४ गते घरबाट पूजा गर्न मन्दिर गएकी निरू विकको शव घरनजिकैको मकैबारीमा क्षतविक्षत अवस्थामा भेटिएको हो।शरीरका विभिन्न भाग छुट्टिएको र जंगली जनवारले खाएको अवस्थामा चार दिनपछि शव भेटिएको स्थानीय वसन्त सुनारले बताए। किशोरीको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ। ‘शव क्षतविक्षत अवस्थामा भेटिएको छ,’ सुनारले भने, ‘किशोरीको बलात्कारपछि हत्या गरेको आशंका गरेका छौँ । पोस्टमार्टम रिपाेर्टपछि त्यो कुरा थाहा होला ।’मृतक किशोरीको शव पोस्टमार्टममा लागि जिल्ला अस्पताल कालिकोटमा राखिएको छ। घटनाको विषयमा अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कालिकोटको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख (डिएसपी) चक्रबहादुर शाहले जानकारी दिए।‘मृतकको तल्लो भागको शरीर पूरै छैन । माथिको शरीर किरा परेको अवस्थामा छ,’ उनले भने, ‘बलात्कार गरेर हत्या भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषयमा प्रहरीले गहन ढंगले अनुसन्धान गरिरहेको छ ।

...update (बलात्कारपछि हत्या भएको भन्दै प्रहरीमा उजुरी)

खाँडाचक्र नगरपालिका–६ दाँहाकी १६ वर्षीया निरू विकलाई बलात्कारपछि हत्या गरिएको भन्दै पीडित पक्षले भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।भदौ ४ गते हराएकी बालिकको शव भदौ ७ गते मकैबारीमा आधा शरिर जङ्गली जनावरले खाएको अवस्थामा भेटिएपछि पीडित पक्षले बलात्कारपछि हत्या भएको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले बताउनुभयो ।छोरीलाई बलात्कारपछि हत्या गरेको घटनाका दोषि पत्ता लगाई कानूनी कार्वाहीको लागि बलात्कार तथा कर्तव्य ज्यान सम्वन्धि उजुरी दिएको बालिकाका बुवा रत्न कामीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

‘छोरीको शरीरको तल्लो भाग काटेर फालिएकोले बलात्कार पछि हत्या गरिएको दावि गरेका छौं’ उहाँले भन्नुभयो ।मृतकको सव पोष्टमार्टम भदौ ९ गते गरेर आफन्तलाई बुझाइएको र रिपार्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर रत्नविर सुनारले जानकारी दिनुभयो ।घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट आएको टोलि घटनास्थलमा पुगेको डिएसपी शाहको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people Unknown
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments