Incident Reports

काठ तस्करी आरोपमा पक्राउ परेकामाथि थुनुवाकक्षमै कुटपिट

2021-08-22

Madhes, Bara, Jitpur Simara

काठ तस्करी गरेको अभियोगमा पक्राउ परेका तीनजनामाथि थुनुवाकक्षमै निर्घात कुटपिट भएको छ। आइतबार राति गस्तीमा खटिएको डिभिजन वन कार्यालय बाराको वन रक्षक टोलीले जितपुरसिमरा उपमहानगरपालिका– १७ रघुनाथपुरका ५२ वर्षीय शिवलखन चौधरी, करैयामाई गाउँपालिका– १ मधुवनका २९ वर्षीय विशाल चौधरी र करैयामाई– २ हरैयाका ४५ वर्षीय नवी मियाँ अन्सारी पक्राउ परेका थिए।पक्राउ गरेपछि आफूहरूलाई थुनुवाकक्षमै कुटपिट गरिएको उनीहरूले बताएका छन्। उनीहरूको खुट्टा र ढाडमा चोट लागेको छ। तर, कार्यालयका प्रमुखले भने कुटपिट गरेको भन्ने आरोपको अस्वीकार गरेका छन्। उनीहरूको सामान्य उपचारसमेत नगराई कार्यालयकै थुनुवाकक्षमा राखिएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 3
National/Online Media

0 Comments