Incident Reports

बालिका बलात्कार बिरुद्ध उजुरी l

2014-07-28

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

Nati Babu Dhital सिन्धुपाल्चोक । ०७१ साउन १२ गते १५ वर्षीया एक बालिकालाई बतासे गाविस-९ स्थित खालेका २८ वर्षीय दोर्जे तामाङले बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका छन् । पीडित बालिकालाई साउन १० गते दिउँसो आरोपित तामाङले बतासे गाविस-९ स्थित हिप्लु पाखामा स्याउला काट्न जाँदा बलात्कार गरेको पीडितको आरोप छ। पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित तामाङलाई गिरफ्तार गर्न प्रहरी टोली घटनास्थलतर्फगएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भरतबहादुर बोहराले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्न साउन १२ गते चौतारा अस्पतालमा लैजाने तयारी भइरहेको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत बालकृष्ण बस्नेतले बताए । नातिबावु धिताल

0 Comments