Incident Reports

यि हुन् पत्रकारलाई ज्यान मार्ने धम्की दिने वनका अध्यक्ष कृष्ण गिरी (अडियाेसहित) - Kantipath.com

2021-08-25

समाचारको विषयलाई लिएर अर्थ सरोकारको सुदूरपश्चिम व्युरो प्रमुख सुदर्शन श्रेष्ठ, क्यामेरा पर्सन हरी तिवारी तथा फूलवारी खबरका सम्वाददाता झलक दवाडीलाई ज्यान मार्ने धम्की दिएकाे छ ।फूलबारीको सिद्धार्थ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कृष्ण गिरीले ज्यान मार्ने धम्की दिएका हुन् ।सामुदायिक वन भित्रको गोलिया नियम विपरीत समुहका अध्यक्षले लगेको भन्ने समाचार लेखेको भन्दै अध्यक्ष गिरीले पत्रकारलाई धम्की दिएका हुन् ।फोन गर्दै अध्यक्ष गिरीले आफु भएको ठाउँमा बोलाउँदै पत्रकारलाई अपशब्द प्रयोग गरेका छन् ।

तत्काल आफुले भनेको ठाउँमा उपस्थित नभए आफ्ना केटाहरु परिचालन गरि हातखुट्टा समेत भाँचीदिने धम्की दिएका हुन् ।पत्रकार श्रेष्ठले वनमा रहेको सालको गोलिया अध्यक्षले नियम विपरीत आफ्नो घरमा लिएको र सव डिभिजन वन कार्यालयकै मिलेमतोमा तस्करी हुने गरेको समाचार अर्थ सरोकारमा प्रकाशन गरेका थिए।अध्यक्षले पत्रकारलाई दिएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति लगायतका पत्रकार सम्बद्ध संस्थाले कानुनी कारवाहीको माग गरेका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments