Incident Reports

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार l

2014-07-23

Gandaki, Gorkha, Sahid Lakhan

Narahari Sapkota गोरखा । ०७१ साउन १२ गते, पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ जिल्ला बन्दीपुर घर भइ गोरखाको मनकामना गाविस-७ छिमेकीको घरमा बस्दै आएका २३ वर्षीय धनबहादुर गुरुङलाई प्रहरीले साउन १२ गते गिरफ्तार गरेको छ । आरोपित गुरुङले बालिकालाई साउन ५ गते बलात्कार गरेको र कहीँ कसैलाई नभन्न धम्की दिएको बालिकाले बताएकी छन् । पीडित बालिकाकी आमा छैनन् । बाबु विदेशमा रहेकोले बलात्कार भएको थाहा भएपछि साउन १२ गते पालनपोषण गर्दै आएका छिमेकीले प्रहरीमा उजुरी गरेका थिए । आरोपित गुरुङलाई जबरजस्तीकरणी अर्न्तर्गत मुद्दामा साउन १२ गते नै जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपक श्रेष्ठले बताए । पीडितको जिल्ला अस्पतालमा साउन १२ गते स्वास्थ्य परीक्षण भयो । नरहरि सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis