Incident Reports

मोटरसाइकलमा आगजनी गरेको आरोपमा गोरखामा एक जना पक्राउ

2021-08-26

Gandaki, Gorkha, Gorkha, Ward 9

१० भदौ, गोरखा । मोटरसाइकलमा आगजनी गरेको आरोपमा प्रहरीले गोरखामा एक जनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–९ का अमृत कमरलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

गोरखा नगरपालिका–५ मान्द्रेढुङ्गाका सन्देश पाण्डेले पश्चिमकालीस्थित मन्दिर परिसरमा पार्किङ गरेर राखेको लु २६ प ८७९८ नम्बरको होण्डा कम्पनीको हर्नेट बाइकमा उनले आगजनी गरेको प्रहरीको भनाइ छ ।

कोरोनाविरुद्धको खोप लगाएर घर फर्कने क्रममा साथीहरुसँग घुमफिर गर्न पश्चिमकाली पुगेका पाण्डेले सोही ठाउँ नजिकै मोटरसाइकल पार्किङ गरेका थिए । एक्कासी मोटरसाइकलमा आगजनी भएको खबर पाएसँगै प्रहरीलाई जानकारी गराइएको थियो ।

घटनास्थल पुगेको प्रहरी टोलीले कमरलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको बताएको छ । कमरले आगजनी गरेको स्वीकार गरेको र उनलाई हिरासतमा राखी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएर थप अनुसन्धान भइरहेको डीएसपी प्रकाश दाहालले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports