Incident Reports

सम्पति विवादमा महिलाको हत्या l

2014-07-28

Madhes, Saptari, Belhi Chapena

Manohar Kumar Pokharel सप्तरी । ०७१ साउन १३ गते सिम्रहा सिंग्यौन गाविस-६ की ४८ वर्षीया उर्मिलादेवी मण्डलको लाश बेल्ही चपेना गाविस-९ प्रिपास्थित कोशी पम्प नहरको शाखा नम्बर ४ को किनारमा साउन १२ गते फेला परेको छ । धारिलो हतियारले गर्धन छिनाएको र हात, खुट्टा, अनुहार काटिएको अवस्थामा फेला परेको लाशको राजविराज नपा-३ स्थित अञ्चल अस्पतालमा साउन १२ गते साँझ पोष्टमार्टम भएको सप्तरी प्रहरीले जनाएको छ । पीडितका दाजु गम्हरिया प्रवाहा गाविस-८ का सीताराम मण्डलका अनुसार सम्पत्ति विवादका कारण पीडितकी जेठी सौतातर्फा छोरीज्वाईँहरूले हत्या गरेको आरोप लगाएका छन् । पीडितका पति वासुदेव मण्डलको मृत्युपछि अंश बासुदेवका २ पत्नीलाई भाग लगाउने वा ६ छोरीसमेतलाई भाग लगाउने विषयमा अंशविवाद चलिरहेको थियो । सोही विवादका सम्बन्धमा प्रहरी सुरक्षा बेसक्याम्प पत्थरगाढामा साउन ११ गते भएको छलफलमा दुवै पक्षबीच चर्को विवाद भएको थियो । छलफल टुङ्गो नलागेपछि पीडित साउन ११ गते राति स्रि्राहा सिङ्ग्यौन गाविस-६ का दिनेश यादवको मोटरसाइकलमा चढी बेल्ही चपेना गाविस-४ स्थित छोरीज्वाई जितनारायण मण्डलको घर जाँदै थिइन् । छोरीज्वाइको घर गइरहेका बेला बेल्ही चपेना गाविस-९ प्रिपानजिक पुगेपछि हतियारसहितका व्यक्तिहरुले रोकी पीडितलाई लगेर हत्या गरेको मोटरसाइकल चालक यादवले बताए । अंश विवादको मुद्दा चलिरहेको र सोही कारणले हत्या भएको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाले जनाएको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis