Incident Reports

२१ वर्षीया शिक्षा मृत फेला, जाहेरी लिन प्रहरीद्वारा अस्वीकार | नेपालन्युज

2021-08-23

Province 1, Khotang, Halesi Tuwachung, Ward 9

खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित तल्लो चिचिङ्गाकी २१ वर्षीया शिक्षा राई घरैमा मृत फेला परेको घटनामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको गुनासो बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी उनले वर्ष दिनअघि चिचिङ्गाका मनकुमार राईसँग प्रेम विवाह गरेकी थिइन् । उनको मृत्युमा अस्वभाविक भएको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिँदा लिन अस्वीकार गरेको गुनासो बढेको हो । शिक्षा भदौ ७ गते राति आफ्नै घरमा मृत फेला परेकी थिइन् । सुरुमा कटहरको रुखमा झुण्डिएको भनेर घरपट्टिबाट खबर आएकाले घटनास्थल पुग्दा घरको बरण्डाको कोठमा झुण्डिएको भनिएको, प्रहरी नपुग्दै डोरीबाट शव निकालेर राखिएको, माइती पक्ष नपुग्दै मुचुल्का उठाइएको, मृतकले करिब सात फिट अग्लो बरण्डामा आफैँ डोरी झुण्ड्याउन नभेट्ने तथा डोरी झुण्ड्याउन केही पनि सामान प्रयोग नगरेको पाइएको, डोरीको पासो पनि सुर्के लाग्ने अवस्थामा नभएको, मृतकको नाक र मुखमा रगत बगिरहेको, दाहिने कोखा र देब्रे हातमा निलडामका साथै कोतारिएको देखिएकाले  आत्महत्या नभई हत्या भएको पीडित पक्षको जिकिर छ ।

भोलिपल्ट जिल्ला अस्पतालमा शव परीक्षण पछि ९ गते मृतकका काका ज्ञानबहादुर राईले ज्वाइँ मनकुमारविरुद्ध जाहेरी दिँदा दुईपटकसम्म अस्विकार गरेको र तेस्रोपटक आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी दिएर फर्कनुपरेको ठूलोबाबु बयानसिं राईले बताए । उजुरी परेसँगै आरोपीलाई प्रहरीले भदौ ९ गते पक्राउ गरेको जनाइएको छ । आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा उजुरी दिएर फर्किएका माइतीपक्ष मृतकको शारीरिक अवस्था र घटना प्रकृतिका आधारमा पुनः भदौ १० गते ठूलीआमा पार्वती राईको नामबाट ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिन लाग्दा प्रहरीले नै जाहेरी लिन नसकिने भन्दै फर्काएको काका ज्ञानबहादुरले बताए । छिमेकीका अनुसार घटनाका दिन पर्म ९छिमेकमा आलोपालो गरिने काम० गएकी शिक्षालाई आफन्तले साँझ ८ः३० बजे उनको घर पुर्याएर छाडेको करिब ४५ मिनेटपछि नै झुण्डिएर आत्महत्या गरेको खबर गाउँमा फैलिएको बताइएको छ । जाहेरीमा झमेला भएकै कारण उनको भदौ १० गते मात्र शव परीक्षण गरिएको थियो । श्रीमान्ले कुटपिट गरिरहने र परिवारबाट पनि मानसिक तनाव दिने गरेको भन्दै शिक्षाले माइतीपक्षका साथीभाइलाई फेसबुक मेसेञ्जरबाट गुनासो पोख्ने गरेको बताइएको छ । प्रहरीले किटानी जाहेरी लिन नमानेले मृतकका आफन्तको आग्रहमा पूर्व जिविस सभापति विष्णुकुमार राई र बाम्राङका वडाध्यक्ष ललितकुमार राईसमेत जिल्ला प्रहरी कार्यालय जानकारी लिन पुगेका थिए । घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक सागर साह नेतृत्वको टोली भदौ ८ गते घटनास्थल पुगेकामा पीडक पक्षले आर्थिक प्रलोभनमा पारेर कर्तव्य ज्यानसम्बन्धीको घटना मिलाउन खोजेको आफन्तको आरोप छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments