Incident Reports

स्युचाटारमा बसभित्र सहचालकको हत्या गरेर भागेको आरोपमा एक किशोर पक्राउ | Ratopati

2021-08-12

काठमाडौंको स्युचाटारमा रोकेर राखेको बसभित्र सह–चालकको हत्या गरेर भागेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–६ घर भएका १८ वर्षीय सुरेश परियार छन् । २०७८ साउन २८ मा साँझ साढे ६ बजे रोकिराखेको बा.४ख ४२१ नम्बरको बसमा १९ वर्षीय रमेश खत्रीको हत्या गरिएको थियो । मृतक चक्रपथ परिक्रमा गर्ने सोही बसका सहचालक हुन् । हत्या आरोपीलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले चितवनको पोखरा बसपार्कबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । सिन्धुपाल्चोकको चौतारा घर भएका खत्रीलाई सुरेशले ढुंगाले हिर्काएर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports