Incident Reports

सासू ससुरा र पतिलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी l

2014-07-28

Province 1, Morang, Belbari

Sukdev Chaudhary मोरङ । ०७१ साउन १३ गते बाहुनी गाविस-९ की ३० वर्षीया गङ्गा निरौलालाई आफ्नै ससुरा, सासू र पतिले पटक पटक शारीरिक मानसिक यातना दिएको भन्दै साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पति ३१ वर्षीय राजु भनिने चक्र निरौला, ससुरा ७५ वर्षीय गङ्गाप्रसाद निरौला र सासू ५५ वर्षीया धनमाया निरौलासहितका परिवारका सदस्यले असार ३२ गते पटक पटक गालीगलौज तथा कुटपिट गरी यातना दिने गरेकाले न्याय माग्दै प्रहरीमा उजुरी दिनु परेको पीडितले बताइन् । पीडितका अनुसार आफू यातना खपन नसकेपछि विस्थापित भई हात्तीमुडा गाविस -७ स्थित माइतको शरण लिनुपरेको गुनासो गरिन् । पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयअर्न्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रले घरेलु हिंसा मुद्दामा दर्ता गरिएको जनायो । आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनका लागि प्रहरी चौकी बाहुनीलाई पत्राचार गरे अनुसार नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराए पनि छलफल हुन नसक्दा आउदो साउन १५ गते बिहान १० बजे प्रहारीमा उपस्थित हुने र्सतमा छोडिएको इन्स्पेक्टर जमुना बस्नेतले बताइन् । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis