Incident Reports

वडाध्यक्षद्वारा महिलामाथि बलात्कारको प्रयास | Janakpur Today

2021-08-21

Madhes, Sarlahi, Bramhapuri

मलगंवा । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ नोकैल्वाकी ३० वर्षीया एक महिलामाथि बलात्कार प्रयास भएको छ ।

सोही वडाका वडाध्यक्ष श्याम कुमार यादवले स्थानीय महिला अम्बिका देवी यादव (नाम परिवर्तन)लाई बलात्कारको प्रयास गरेका हुन् । गएको भदौ ५ गते राती करिब २ बजेको समयमा घरमा कोही पनि ब्यक्ति नरहेको मौका छोपेर घरभित्र प्रवेश गरि एक्लै सुतिरहेको अवस्थामा वडाध्यक्ष यादवले आफुमाथि बलात्कार गर्न खोजेको पीडित महिलाको को आरोप छ । वडाध्यक्ष यादवको घर आफ्नो घरको छेउमै रहेकोले यसअघि पनि उनले पटकपटक आफु माथि र्दुव्यवहार गरेको पीडित महिलाले गुनासो गरिन् । त्यस दिन (भदौ ५ गते)पनि वडाध्यक्ष घरमा कोही नभएको मौका छोपेर घरभित्र प्रवेश गरि सुतिरहेको अवस्थामा जथाभावी रुपमा शरिरका विभिन्न संबेदनशिल अंगहरुमा हातपात गरि करणीको प्रयास गरेको पीडितले बताइन् । आफुलाई बचाउने प्रयास गर्दा नसकेपछि हल्ला गरेर छिमेकीलाई बोलाइ उनको चंगुलबाट आफुलाई बचाएको उनले बताइन् । घटना लगत्तै फरार भएको वडाध्यक्ष यादव घटनाको दिनदेखि नै सम्पर्क विहीन रहेको गाउँलेहरुले बताएका छन् । आइतवार दिउँसो पीडित महिलासँगै सदरमुकाम मलंगवा आएका ब्रम्हपुरी गाउँपालिका–७ नौकैल्वाका स्थानीयबासी तथा पीडितका छिमेकीहरुले वडाध्यक्ष यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा निवेदन समेत दर्ता गराइसकेका छन् । सोही निवेदनको आधारमा वडाध्यक्ष यादवलाई पक्राउ गर्न भनि दुईपटक प्रहरीहरु गाउँमा गइसकेको तर उनी गाउँमा नरहेकोले प्रहरीलाई खाली हात फर्किनु परेको पीडितका छिमेकीले बताए । उता वडाध्यक्षका भाइ जस्विन्दर यादवको भने राजनीतिक निहुँ र गाउँमै भएको पुरानो झगडाको रिसिवीको बदला लिन गाउँकै केही व्यक्तिहरुले बलात्कारको नाउँमा फसाएर बदनाम गर्न खोजेको आरोप लगाएका छन् । आर्थिक अबस्था कमजोर भएका कारण उनका श्रीमान रोजगारीका लागि विगत दुईवर्षदेखि कुवेतमा छन् । पीडित एक्लैले अरुको घरमा मजदुरी गरेर घर ब्यवहार सम्हाल्दै आएकी थिइन् । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments