Incident Reports

समाचार सङ्कलन गर्न गएका पत्रकारलाई कुटपिट गरेको आरोपमा उजुरी

2021-08-29

Madhes, Bara, Adarshkotwal, Ward 8

आदर्शकोटवाल गाँउपालिका–८ जमुनिया निवासी ४२ वर्षीय पत्रकार शेखनुर आलमलाई समाचार सङ्कलन गर्न गएको बेला सोही गाउँपालिका–७ कोत्वाली टोल निवासी सोही गाउँपालिकाका अध्यक्ष ४५ वर्षीय मुस्तुफा अन्सारी, सोही गाउँपालका–३ का ३० वर्षीय चुलाही साह, सोही गाँउपालिका–८ का ३० वर्षीय शेष अप्ताव र २२ वर्षीय शेष सद्धामले कुटपिट गरेको भन्दै पीडित पत्रकारले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । नेपाल पत्रकार महासङ्घका सदस्य, ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका सदस्य, नेपाली रेडियो नेटवर्कका सदस्य तथा रेडियो बादलका सञ्चालक शेखनुर आलमलाई गाउँपालिकाको एम्बुलेन्सका विषयमा समाचार सङ्कलन गर्न जाँदा चालक ३५ वर्षीय शेक सर्फुदिनसँग भदौ १२ गते विवाद भएकोमा गाँउपालिका अध्यक्षलगायतले     पत्रकारको आरोप छ । भदौ १२ गते दिउँसो अध्यक्षको कार्यकक्षमा आफूलाई कुटपिट गरी घाइते बनाएकोमा कलैया अस्पतालमा उपचार गराएको पीडित पत्रकारले जानकारी गराउँदै इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेललाई न्यायका लागि पहल गरिदिन निवेदन दिनु भएको छ । पीडित पत्रकारले निवेदन दिएपछि इन्सेक प्रतिनिधि पौडेलले घटनाको बारेमा बुझ्न खोज्दा समय–समयमा विवाद हुने गरेको भएपनि दुवै पक्ष बसेर सल्लाह गरी समस्याको समाधान गर्ने गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीले बताउनु भयो । यसैबिच आदर्शकोटवाल गाउँपालिकाका एम्बुलेन्स चालक सोही गाँउपालिका–८ जमुनियाका ३५ वर्षीय शेख सर्फुदिनलाई पत्रकार शेखनुर आलमले आक्रमण गरेको भन्दै गाँउपालिकाको कार्यालयले भदौ १३ गते विज्ञप्तिमार्फत कारबाहीको माग गरेको छ । स्वास्थ्य शाखाका कर्मचारी, एम्बुलेन्स चालक र गाँउपालिका अध्यक्ष कार्यालयमा बसेर कोभिड–१९ रोग नियन्त्रणका विषयमा छलफल गरिरहेको अवस्थामा पत्रकार शेख नुरआलमको समूहले आक्रमण गरेको आरोप छ । दोषीलाई कारवाही नगरे गाउँपालिकाको कामकाज ठप्प पारेर आन्दोलन गर्ने चेतावनी विज्ञप्तिमार्फत दिएको छ । टाउकोमा गहिरो चोट लागेका चालकको उपचार वीरगंज हेल्थकेयरमा भइरहेको छ । दुवै पक्षको विवाद आएकाले गल्ती गर्नेलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
INSEC

0 Comments