Incident Reports

लुगा र गहना खोसेर घर निकाला l

2014-07-28

Bagmati, Dhading, Nilakantha

Sitaram Adhikari धादिङ । ०७१ साउन १३ गते नीलकण्ठ नगरपालिका-३ की एक महिलालाई ०७१ साउन १२ गते राती कुटपिट गरी कपडा र गहना खोसेर उनका पतिले घर निकाला गरेका छन् । उत्तरी धादिङको बसेरी गाविसका पूर्वअध्यक्षसमेत रहेका ५० वर्षीय डम्मर ढकालले पत्नि ४५ वर्षीया राधा ढकाललाई सदरमुकामस्थित घरमा बसिरहेको बेला कुटपिट गरी घरनिकाला गरेका हुन् । घरमा सुतिरहेको बेला उनलाई रक्सी खाएर आएका ढकालले पहिला मुड्कीले हान्दै उनले लगाइराखेका लुगा च्यातेका थिए । गहना लुटेर राखेपछि लुगा समेत लगाउन नदिई घरबाट निकालेको पीडित राधाले बताइन् । घरमा श्रमिानले कुटेर नाङ्गै राती घर निकालेपछि महिलामानवअधिकार रक्षकहरूको जिल्ला सञ्जालको शरणमा पुगेकी राधा ढकालको उजुरीको आधारमा अभियुक्त ढकाललाई प्रहरीले राती नै गिरफ्तार गरि हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए । पीडितको कुटपिटका कारण एउटा हात नचल्ने अवस्थामा छ भने शरीरमा नीलडाम देखिएको महिलाअधिकारकर्मी उद्धारकर्ता राधिका सापकोटाले बताइन् । पीडितको उजुरी र छानविनपछि अभियुक्तमाथि कानुनी कारबाही गर्ने प्रहरीले जानकारी दिएको छ । पीडितलाई महिलाअधिकारकर्मीहरूले सुरक्षाघरमा राखेका छन् । यसअघि पनि पटकपटक कुटपिट गर्ने र चक्कुले हानेर घाइतेसमेत पार्ने गरेका ढकालमाथि कारबाही गर्नुपर्ने भएकोले आफूले प्रहरीलाई खबर गरेको पीडितको भनाइ छ । सीताराम अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis