Incident Reports

अज्ञात व्यक्तिद्वारा विद्यालय तोडफोड - No. 1 news Portal of Mid Nepal…

2021-09-01

Sudurpashchim, Doti, Bogatan Fungshil, Ward 2

डोटी :अज्ञात व्यक्तिले बोगटान फुड्सिल गाउँपालिका–२ मा रहेको केदारअखडा माध्यमिक विद्यालयमा तोडफोड गरेको छ । नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक गुमानसिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न कागजात पनि च्यातेको छ । “विद्यालयका धेरै कागजात च्यातेको भन्ने खबर पाएको छु”, प्रधानाध्यापक बोहराले भन्नुभयो, “म श्रीमतीको उपचारका लागि कैलालीमा छु, विद्यालय तोडफोड गरेको र के कति क्षति गरेको छ, अब विद्यालय गएपछि मात्रै थाहा हुनेछ ।” स्थानीयवासीका अनुसार विद्यालयमा कुन समूह तथा किन तोडफोड गरिएको हो भन्ने पत्ता लाग्न सकेको छैन । इलाका प्रहरी कार्यालय चमराचौताराले विद्यालयमा तोडफोड भएको र घटनाका विषयमा विस्तृत अनुसन्धानसहित खोजीकार्य भइरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports