Incident Reports

प्रादेशिक अस्पतालको प्राङ्गणमै कुटिए स्वास्थ्यकर्मी | Ratopati

2021-09-02

Madhes, Dhanusha, Janakpur

प्रादेशिक अस्पताल जनकपुरधाममा एक महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा एक स्वास्थ्यकर्मीलाई गैरस्वास्थ्यकर्मीहरुले कुटपिट गरेका छन् । प्रादेशिक अस्पतालको प्राङ्गणमा बिहीबार दिउँसो गुण्डागर्दी शैलीमा आएको एक समूहले अस्पतालमा कार्यरत अहेव देवेन्द्र ठाकुरमाथि कुटपिट गरेको हो ।अहेव ठाकुरलाई ‘इमर्जेन्सी केस’ रहेको भन्दै अस्पतालको नियमित बैठक चलिरहेकै समयमा बोलाएर अस्पतालको प्राङ्गणमा सो समूहले कुटपिट गरेको थियो । अहेव ठाकुरले प्रादेशिक अस्पताल विकास समितिको बैठक चलिरहेको बेला आफूलाई एक जनाले बाहिर आउन आग्रह गरेको बताए । आफू बाहिर गएपछि उनीहरुले योजनावद्ध ढङ्गले आफूलाई कुटपिट गरेको उनको भनाइ छ ।

कुटपिटबाट घाइते भएका अहेव ठाकुर प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्केका छन् । चिकित्सकमाथि हातपात भइरहँदा अस्पतालमा रहेका सुरक्षाकर्मी र अस्पताल प्रशासनसमेत मौन छन् । अहेव ठाकुरलाई कुटपिट भएको स्थलमा चौबीसै घण्टा प्रहरीको टोली रहने गर्छ । तर दिनदहाडै अस्पताल परिसरमै स्वास्थ्यकर्मीमाथि कुटपिट हुँदा न प्रहरी प्रशासनले आफ्नो भूमिका निर्वाह गरेको देखियो, न अस्पताल प्रशासनले नै कुनै कदम चाल्न सक्यो ।चिकित्सक ठाकुरमाथि कुटपिटको घटनामा कसको संलग्नता छ भन्ने पनि प्रस्ट हुन सकेको छैन । कुटिएका अहेव ठाकुरले समेत कसबाट आक्रमण भएको हो भन्नेबारे अनभिज्ञता जनाएका छन् ।धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले प्रादेशिक अस्पतालमा चिकित्सकमाथि हातपात भएको घटनाप्रति अनभिज्ञता प्रकट गरेका छन् । उनले यस सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total Injured 1
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports