Incident Reports

बालिका बलात्कारको घटना मिलापत्र गर्न जनप्रतिनिधिकै दबाब, १० लाखकाे प्रलाेभन « News24 : Premium News Channel

2021-08-04

Lumbini, Gulmi, Madane, Ward 1

गुल्मी । केही दिनअघि गुल्मीको अग्लुङ्ग गाउँमा एउटी ११ वर्षीया बालिकामाथि भएको जघन्य बलात्कारको घटना गाउँमै मिलाउनका लागि स्थानीय जनप्रतिनिधि र नेताहले पीडित बालिकाका अभिभावकलाई दबाव दिँदै आएको गुनासो गरिएको छ । साउन २० गते मदाने गाउँपालिका–१ को अग्लुङ्ग गाउँकी ११ बर्षीया बालिकामाथि हाडनाताका १७ वर्षीय दाजुबाट बलात्कार भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीले बलात्कारका आरोपी दाजुलाई साउन २६ गते पक्राउ गरी अनुसन्धान थालेको थियो । सोही क्रममा भदौ १३ गते निज आरोपी नाबालक भएकोले मुद्दा पुर्पक्षका लागि अदालतले कारागार पठाउन नमिल्ने भन्दै तारेखमा अभिभावकको जिम्मा लगाई घर पठाएको थियो । निज घर गएकको दिनदेखि पीडित बालिकाका अभिभावकहरुलाई आतंकित पार्ने गरी उक्त घटना गाउँमै मिलाउन दबाब दिँदै आएको अभिभावकहरुले गुनासो गरेका हुन् । उनीहरु गाउँमा एक्लो परेर असुरक्षित भएको भन्दै गुल्मीको सदरमुकाम तम्घासस्थित न्युज–२४ टेलिभिजनको सम्पर्क कार्यालय खोज्दै आएका थिए । पीडित बालिकाको सोझो र गरिब परिवार हो । उनीहरुको उक्त कम्जोरीको फाइदा उठाउँदै बलात्कारको घटनालाई गाउँमै मिलाउन र अनेक प्रकारका धम्की दिन थालेपछि उनीहरुले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासँग पनि आफ्ना गुनासाहरु राखेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले उक्त बलात्कार मुद्दा चली नै रहेको तर आरोपी नाबालक भएका कारण तारेखमा अदालतले अभिभावकको जिम्मा लगाएर पठाएको बताए । उनले बलात्कार मुद्दा सरकारवादी मुद्दा भएकोले पीडित पक्ष आवतजावत गर्ने लगायतको खर्च सरकारले नै बेहोर्ने भएकाले मुद्दा लड्दा घरसम्पत्ति जान्छ भन्ने भ्रममा कोही नपर्न आग्रह गरे । तर सरकारी पक्षले प्रकृया पुर्याएपछि मात्रै रकम दिने भएका कारण गाउँमा ऋण काढेर बलात्कार घटनाका पीडित मात्र सदरमुकाम आवतजावत गर्ने गरेका छन् । गत साउन २८ गते आफ्नै घरमा ठूलो बाबु बाट बालत्कारको शिकार भएकी गुल्मीको कालिगण्डकी गाउँपालिका ७ भुर्तुङ्गकी ५ बर्षीया बालिकाकी आमा ऋण काढेर सदरमुकाम आउनेजाने गरेकी हुन् । मंगलबार उनी दोश्रोपटक जिल्ला प्रहरी कार्यालयमा ३ जना गवाहसहित जिपमा आउँदा उनले ऋण काढेर १० हजार रुपैयाँ भाडा तिरेर आएको बताईन् । पीडित बालिकाको आमाबाबुसँग सम्पत्तिका नाममा पाइला टेक्ने जमिनसम्म छैन र घरसमेत नभएर उनै ठुला बाबुको कोठामा डेरा गर्दै मजदुरी गरेर जिविका गर्दै आएका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments