Incident Reports

थाहा खबर: बिर्तामोडमा एक पुरूष मृत फेला

2021-09-05

Province 1, Jhapa, Birtamod, Ward 4

झापा ।

विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको बताउनुभयो । मृतकका छोरा १५ वर्षीय देवनारायण राजवंशीले कान्छा काकाले कोठामै बुबालाई मारेर भागेको प्रहरीलाई बताएका छन् ।सोही वडामा डेरा गरी बस्ने ३८ वर्षीय रतनलाल राजवंशीले कुटेर मारेको र त्यसपछि आफ्नो ९ वर्षीय छोरा श्रीमनलाई साइकलमा लिएर भागेको प्रहरीलाई जानकारी आएकाले उनको खोततलास भइरहेको प्रवक्ता थापाको भनाइ छ ।

..

आफ्नै दाजुको हत्या गर्ने कचनकवल ३ का ३७ वर्षिय रतनलाल राजवंशी पक्राउ परेका छन् ।

उनलाई गएराति ज्यामिरगढीबाट पक्राउ गरिएको हो । सामान्य विवादमा बिर्तामोड ४ स्थित डेरा गरी बस्ने रतनलालले आफ्नै दाजु ५० वर्षिय भाद्रु राजवंशीको शनिबार राति हत्या कुटेर हत्या गरेका थिए ।

लिटल फ्लावर्स स्कुल छेउमा खेमप्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्ने अटो चालक रतनलाल आफू सुत्ने कोठामा हिजो बिहान मृत फेला परेका थिए । घटनापछि रतनलाल आफ्ना छोरा ९ वर्षिय श्रीमन राजवंशीलाई साइकलमा साथमा लिएर भागेका थिए ।

शनिवार राति १२ बजे दाजुभाइबीच सामान्य विवाद भएको थियो । उनले प्रहरीसमक्ष दाईको हत्या गरेको कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ । मृतकका छोरा १५ वर्षिय देवनारायण राजवंशीले काकाले आफ्नो बुबाको हत्या गरेको सूचना दिएपछि प्रहरीले खोजी शुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापा तथा ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले राति ९ बजे मेचीनगर १५ स्थित आफन्तको घरबाट रतनलाई हत्यामा प्रयोग भएको मार्तलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई इप्रका बिर्तामोडमा राखिएको र सोमबार झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान शिर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाईने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताउँनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports