Incident Reports

गुम्बामा पूजा गर्ने विषयमा झडप, घाइतेको हेलिकप्टरबाट उद्दार - Pokhara News

2021-09-04

Karnali, Dolpa, Chharka Tangsong, Ward 4

पाेखरा न्यूज । पूजा गर्ने विषयमा भएकाे दुई समूहबीचकाे झडपमा परेर डाेल्पामा चार जना घाइते भएका छन् ।डोल्पामा गुम्बामा पूजा गर्ने विषयमा दुई समूहबीच झडप हुँदा एक महिलासहित चार जना घाइते भएका हुन् । जिल्लाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत वडा नं ४ कागकोटमा दुई समूहबीच झडप भएको हो । घाइतेमध्ये महिलाको अबस्था गम्भीर छ ।

झडपपछि भागदौडका क्रममा गाउँकार्यपालिका सदस्य पेमाछुजुङ रोकाया लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनु भएकाे छ ।टाउकोमा चोट लागेर गम्भीर घाइते रोकायालाई फिष्टेल एअरको हेलिकप्टरबाट जिल्ला अस्पतालमा ल्याएर प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गम्भीर चोट भएकोले उहाँलाई काठमाण्डौ रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

घाइते अन्य तीनजनाको अवस्था सामान्य भएकाले अस्पतालमा उपचार भइरहेको छ । पाण्डेका अनुसार गुम्बाको पूजा एक समूहले पहिला गरेको भन्दै अर्को समूहले विवाद निकालेको थियो । विवादपछिको भागदौडमा रोकाया लडेर गम्भीर घाइते हुनुभएकाे हाे ।घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Other
Primary Cause Religious sectarianism
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Buddhist
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Buddhist
Actor 2 - Youth na
Total Injured 4
Female Injured 1
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports