Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2021-09-02

Gandaki, Nawalparasi East, Kawasoti, Ward 3

१६ वर्षीया बालिकालाई कावासोती नगरपालिका–३ का १९ वर्षीय युवकले बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा भदौ १७ गते उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले भदौ ८ गते पटकपटक दुर्व्यवहार गरी भिडियो बनाएको र डरधम्की देखाएर बलात्कार गरेको भन्दै पीडितकी आमाले प्रहरीमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) डिएसपी दिलिप कुमार गिरीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

आरोपित घटनापछि फरार रहेकाले खोजी कार्य भइरहेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १८ गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments