Incident Reports

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

2021-09-05

Province 1, Sankhuwasabha, Madi, Ward 1

संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ।प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार ६ जनाको हत्या भएको हो। एक जना घाइते रहेको उनले बताए।'६ जनालाई धारिलो हतियारले हानेर मारेको भन्ने खबर आएको छ। हाम्रो टोली भर्खरै पुगेको छ,' उनले भने, 'एक जना वृद्ध मान्छे जोगिएको हो कि भन्ने छ। उपचारको लागि ल्याउने प्रयास भएको छ।'

मादी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो।उनका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो।८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको उनले बताए।

'मलाई नौ बजे घटनाबारे थाहा भयो। घर एक लास्टमा छ। के कसरी भएको हो अनुसन्धान भइरहेको छ,'उनले भने,'छिमेकीले मलाई खबर गर्‍यो। मैले प्रहरीलाई खबर गरेँ।'घाइते भएका वृद्ध आँखा देख्दैनन् भने कान पनि सुन्न नसक्ने वडाध्यक्ष कटुवालले बताए। उनको अवस्था सामान्य छ।उनीहरूको हत्या कसले गरेको हो भन्ने खुलिसकेको छैन।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 6
Female Killed 4
Youth Killed 3
Total Injured 1
National/Online Media

0 Comments