Incident Reports

एमसिसीविरुद्ध पोखरामा धर्ना

2021-09-06

Gandaki, Kaski, Pokhara Lekhnath

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताविरुद्ध पोखरामा शान्तिपूर्ण धर्ना कार्यक्रम भएको छ। संयुक्त देशभक्त मोर्चाको ब्यानरमा पोखरेली नागरिक अगुवाले जिल्ला प्रशासन कार्यालयअगाडि सहिदचोकमा धर्ना दिएका हुन्।

बिहान ९ः४५ देखि एक घन्टासम्म सहभागीले एमसिसीविरुद्ध विभिन्न नाराअंकित प्लेकार्ड लिएर मौन धर्ना दिएका थिए। राष्ट्रहित प्रतिकूल भएकाले एमसिसी परियोजना संसदमा प्रवेश नगराउन दबाबस्वरूप आफूहरूले धर्ना दिएको नागरिक अधिकारकर्मी रामबहादुर पौडेलले जानकारी दिए।

‘राष्ट्रहितविपरीतको एमसिसी संसदबाट पारित गरिने प्रपञ्च रचिएको छ। त्यसलाई रोक्नका लागि हामीले धर्ना दिएका हौँ,’ नागरिक अधिकारकर्मी पौडेलले भने। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments