Incident Reports

मीनभवन क्याम्पस अगाडि गृहमन्त्रीको पुत्ला दहन – Online Khabar

2021-09-06

Bagmati, Kathmandu, Kathmandu

२१ भदौ, काठमाडौं । माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ ।दार्चुलामा नेपाली युवक तुइनबाट महाकालीमा खसेको विषयलाई लिएर गरेको विरोध प्रदर्शनबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको विरोधमा अनेरास्ववियूले गृह मन्त्रीको पुत्ला जलाएको हो ।

अनेरास्ववियूले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको बाहिर गृहमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गरेको हो । अनेरास्ववियूले दार्चुला घटनाको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको थियो ।तर गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर छिमेकी देशको प्रधानमन्त्रीविरुद्ध प्रदर्शन नगर्न चेतावनी दिएको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments