Incident Reports

बलात्कार गर्ने खोजेको आरोपमा बञ्चरो प्रहार l

2014-07-28

Sudurpashchim, Kailali, Godawari

Sur Bahadur Pariyar कैलाली । ०७१ साउन १४ गते अत्तरिया नपा-२ चौकीडाँडाकी ३१ वर्षीया ममता चुनाराले आफूलाई बलात्कार प्रयास गर्न खोजेको आरोपमा सोही ठाँउका २८ वर्षीय पूर्ण साउदलाई बञ्चरो प्रहार गरेकी छिन् । आफ्नोको घरमा साउन १२ गते राति घरमा सुतिरहेको अवस्थामा आरोपित साउद ढोका फोडेर कोठाभित्र आएर बलात्कार गर्ने खोजेपछि आत्मरक्षाका लागि बञ्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीमा चुनाराले बयान दिएकी छन् । घटना भएलगत्तै पीडित महिलाले इलाका प्रहरी कार्यालय अत्तरियालाई जानकारी गरेकी थिइन् । स्थानिय छिमेकीलाई समेत गुहारका लागि अनुरोध गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । घटनाको प्रकृति हेर्दा महिलालाई बलात्कार प्रयास भएको अवस्थामा आफ्ना आत्मरक्षाका लागि बञ्चरो प्रहार भएको बुझिएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनराज जोशीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेकोले पीडित महिलाले दावी गरे अनुसारको घटना पुष्टि भएमा महिलालाई कुनै सजाय नहुने एसपी जोशीले जानकारी दिएका छन् । आरोपित साउदले आफूलाई चुनाराले घरभित्र हात खुट्टा बाँधेर बञ्चरो प्रहार गरेको बताएका छन् । आरोपित साउदको टाउँको र बाया खुट्टामा गम्भीर चोट लागेर घाइते अवस्थामा साउन १२ गते पीडित महिलाको घर नजिकैको खेतमा फेला परेका प्रहरीले जनायो । आरोपित उपचारका लागि काठमाण्डौ लगिएको प्रहरीले जनायो । दुई छोराकी आमा रहेकी चुनाराका पति रोजगारीका शिलशिलामा भारतमा काम गर्ने गएका छन् । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis