Incident Reports

घरबाट निकालिएकी महिलाद्वारा उजुरी l

2014-07-28

Madhes, Saptari, Khadak

पँसेरा गाविस-१ घर भइ घोघनपुर गाविस-५ स्थित माइत बसेकी ३० वर्षीया लक्ष्मी चौधरीले पतिले वेवास्ता र घरपरिवारले उपेक्षा गरी घरनिकाला गरेको भन्दै साउन १२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी छन् । पति ३५ वर्षीय रुपेन्द्र चौधरी, ससुरा ६० वर्षीय मुक्ति चौधरी, सासु ५५ वर्षीया ननुवती चौधरी र देवर २५ वर्षीय भुपेन्द्र चौधरीले खानलाउन, बस्न नदिई वैशाख २ गतेदेखि घरनिकाला गरेको भन्दै पीडितले आफू र ८ वर्षीय छोराको हकमा अंश मुद्दा दिएकी हुन् । आरोपितहरूले खानलाउन, बस्न नदिने, लालनपालन पनि नगर्ने, सिधा खर्च पनि नदिने भन्दै कुटपिट गरी घरबाट निकाले पछि वाध्य भई आफू र नाबालक छोराको हक संरक्षणका लागि नालेश दिएको पीडितले बताइन् । सामाजिक परम्पराअनुसार ०५९ वैशाख २७ गते विवाहित उनीहरूको एक ८ वर्षीय छोरा छ । पीडितले उजुरी निवेदनका साथ विवाह दर्ता र छोराको जन्म दर्ताको प्रतिलिपि पेश गरेकी छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis