Incident Reports

बुहारीमाथि निर्घात कुटपिट गर्ने जेठाजु पक्राउ - Pokhara News

2021-09-04

Karnali, Jumla, Sinja

पाेखरा न्यूज । बुहारीमाथि निर्घात कुटपिट गर्ने जेठाजु पक्राउ परेका छन् । जुम्लाको सिंजा गाउँपालिका–२ की ३३ वर्षीया सत्यावती धितालमाथि निर्घात कुटपिट गर्ने जेठाजु पक्राउ परेका छन् । आफ्नै बुहारीलाई अपशब्द बोल्दै निर्घात कुटपिट गर्ने कर्मराज धिताललाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । दाजुले आफ्नी श्रीमतीलाई विनाकारण कुटपिट गरेको भन्दै धर्मचन्द्र धितालले आइतबार जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दर्ता गर्नुभएकाे थियाे । कर्मराज, उहाँकी श्रीमती, भाइबुहारीसहित चारजनाले आफूमाथि शनिबार निर्घात कुटपिट गरेको सत्यावती धितालले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । प्रहरीले अन्य तीनजनालाई तारेखमा छाडेर कर्मराज धितालमाथि अनुसन्धान अगाडि बढाएको छ । जुम्लाको सिंजा गाउँपालिकाको एक सिँचाइ आयोजनाको विषयमा विवाद हुँदा कर्मराजले आफ्नी भाइबुहारीमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ । कर्मराजले यसअघि पनि विभिन्न व्यक्तिलाई कुटपिट गरेको स्थानीय बताउनु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports