Incident Reports

महाधिवेशन प्रतिनिधिमा समावेशी कोटा माग गर्दै मुस्लिम संघको धर्ना | Ratopati

2021-09-08

नेपाली काँग्रेसमा समावेशिताको माग गर्दै पार्टी निकट नेपाल मुस्लिम संघले सानेपास्थित पार्टी कार्यालयमा धर्ना सुरु गरेको छ । नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तारको नेतृत्वमा धर्ना भएको हो । संघका महासचिव मोख्तार अहमदले आसन्न केन्द्रीय महाधिवेशनमा प्रतिनिधि समावेशी नभएको भन्दै धर्ना सुरु गरिएको बताए । संघले आजै काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । पार्टीको १४ औं महाधिवेशनमा विधानमा रहेको समावेशी समानुपातिक सम्बन्धि व्यवस्थालाई निर्वाचन निर्देशिकामा जनसंख्याको आधार देखाएर विधान विपरीत आरक्षित सिट कटौती गर्दा त्यसको विरोध भएको थियो । विरोधपछि वडाबाट प्रतिनिधि आउने निश्चित भएपनि प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि लगायत अरू तहहरूमा समावेशी कोटा लागु नभएको उनले बताए । प्रत्येक प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रमा कम्तीमा एक–एक जना महाधिवेशन प्रतिनिधि किटान गराउन माग गर्दै नेपाल मुस्लिम संघले धर्ना बसेको उनले बताए । धर्नामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री फरमुल्लाह मंसुर, संघका उपाध्यक्ष अतावुल मंसुरी, अब्दुल जब्बार(मुन्ना) लगायत काठमाडौमा उपलब्ध केन्द्रीय पदाधिकारी र सदस्यहरू सहितको उपस्थिति रहेको उनले बताए । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Muslim Religious Organization
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments